प्रेस सेन्टर दाङले स्थापना दिवसको अवसरमा १० ओटै पालिकामा दीप प्रज्वलन गर्ने

घोराही, १५ माघ ।
प्रेस सेन्टर नेपाल, दाङले आफ्नो स्थापना दिवसको अवसरमा दाङका १० ओटै पालिकामा दीप प्रज्वलन गर्ने भएको छ ।
दाङका १० ओटै पालिकाले माघ १५ गते ९आज० दीप प्रज्वलन गरेर स्थापना दिवस मनाउने भएका हुन् । घोराहीमा सेन्टरका जिल्ला समन्वय समिति र घोराही उपमहानगरपालिका कमिटीले संयुक्त रूपमा दीप प्रज्वलन गर्ने जिल्ला अध्यक्ष पाण्डव शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज बेलुकी पाँच बजे घोराही उपमहानगरपालिका वडा नं.१७ स्थित सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालमा रहेको महान सहिद कृष्णसेन इच्छुकको शालिकमा माल्यार्पण गर्नुका साथै सोही स्थानमा दीप प्रज्वलन गरिने छ ।
यसैबीच जिल्ला अध्यक्ष पाण्डव शर्मा र घोराही शाखा अध्यक्ष सन्तोष डाँगीले विज्ञप्ति निकालेर दीप प्रज्वलन कार्यक्रममा सहभागी हुन सबै पत्रकारहरूलाई आग्रह गर्नुभएको छ ।

२०६१ साल मा अखिल नेपाल क्रान्तिकारी पत्रकार संघ स्थापना भएको थियो । सोही संगठन अहिले प्रेस सेन्टर नेपाल नामाकरण भएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर