सक्षम परीयोजना पालिका स्तरमा सुरुवाती

दंगीशरण १० माघ

USAID को आर्थिक सहयोगमा CBM Global Disibality Inclusion डेक नेपाल, बाके र KOSHIS को साझेदारीमा USAID सक्षम परियोजना पालिका स्तरमा परियोजना सुरुवाती कार्यशाला गोष्ठी द°गिशरन गाउँपालिकाको सभाहलमा गाउँपालिका का सभाध्यक्ष श्री शम्भु गिरिको अध्यक्षता मा सम्पन्न भयको छ । अपंगता भयका ब्यक्तिहरुको आर्थिक सशक्तीकरण गर्न बिबिधिकृत जिबिकोपार्जनका क्रियाकलाप सन्चालन गर्न अपांगता भयका ब्यक्तिको संजाल निर्माण, सीप तथा क्षमता अभिबृद्धी, रोजगार तथा बजार ब्यवस्थापन को क्षेत्रमा टेवा पुर्याउने कार्य गर्ने परियोजना ब्यबस्थापक दिनेश बहादुर बस्नेतले बताउनु भयो ।कार्यक्रममा बोल्दै पालिका अध्यक्ष शम्भु गिरीले अपांगताको क्षेत्रमा आफु निर्बाचित भए लगत्तै पहिलो निर्णय गरेको बताउदै अपांगताको क्षेत्रमा आफुले केहि रकम बिनियोजन समेत गरेको बताउनुभयो ।

अर्को एक प्रसंगमा पालिका अध्यक्ष गिरीले धेरै जसो एन जिओ हरुले विभिन्न कार्यक्रमहरु गर्ने तर त्यसको सही प्रतीफल आउन नसकेको प्रती चिन्ता ब्यक्त गर्नुभयो ।कार्यशालामा वडा अध्यक्ष तथा विभिन्न साखाका प्रमुख तथा अपांगता भएका ब्यक्तीहरुको सहभागीता रहेको थियो । दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गीरीको शभापतीत्व तथा प्रमुख प्रशासकीय अधिकृत अमर बहादुर वलिको बिशिस्ट आथित्यतामा कार्यशाला सम्पन्न भएको थियो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर