तुलसीपुरले ऐलानी जग्गामा बनेका घरबाट कर उठाउने


तुलसीपुर,१० माघ।
तुलसीपुर उपमहानगरपालिकाले ऐलानी जग्गामा बनेका घरबाट कर संकलन गर्ने भएको छ । घर र जग्गा प्रयोग गरे वापत नगरसेवा उपभोग शूल्क लगाउने लागिएको हो । उपमहानगरपालिकाको आर्थिक विकास समितिले तयार पारेको नगरसेवा उपभोग शूल्क लगाउने सम्बन्धी मूल्यांकन दर स्वीकृत गरि आगामी नगरसभाबाट स्वीकृत गरेर शूल्क लैजाने तयारी गरिएको हो नगरसभाले अनुमोदन गरेपछि सबै वडामा कार्यान्वयन गर्ने उपमहानगरपालिकाको तयारी रहेको छ । उपमहानगरपालिकाको नगरसभा माघ २० गते बस्ने भएको छ । कार्यपालिकाको छैठौं बैठकले १२ औं नगरसभा बैठक माघ २० गते बस्ने निर्णय गरेको कार्यपालिका सदस्य खुसीराम चौधरीले बताउनुभयो ।

उपमहानगरपालिकाको जग्गामा बनेका घर हटाउँदै
तुलसीपुर उपमहानगरपालिकाको कार्यालयको उत्तरपूर्व तर्फ रहेका तीन वटा पक्की घर सम्बन्धित घर धनी आफैले हटाउने भएका छन् । केही दिनमै ति घरहरु हटाउने गरि घर धनीले तयारी गरेको उपमहानगरपालिकाका इन्जिनियर पवन योगीले बताउनुभयो ।

त्यहाँ तुलसीपुरका ब्यबसायी टेकराम खड्का, तुलसीपुर १८ मानपुर निवासी अमर नेपाली र उहाँका एक जना आफन्तीको गरि तीन वटा पक्की छन् । उहाँहरुले नै घर आफै भत्काउने गरि तयारी गरेको इन्जिनियर योगीले बताउनुभयो ।“टेकराम खड्काको घर आफै भत्काउने भनेर सामान नै खाली गरिसकेका छन्”,उहाँले भन्नुभयो“अरु दुईवटा घरपनि आफै भत्काउने गरि अन्त घर हाल्न लागेको कुरा गर्नुभएको छ, छिटै उहाँहरुले आफै जग्गा खाली गर्ने भन्ने कुरा सहमति भएको छ ।” उपमहानगरपालिका कार्यालयको कित्ता नं. ५(घ) ८१२ त्यसरी अतिक्रमणमा परेको हो ।

उपमहानगरपालिकाले आफ्नो जग्गामा बनेका संरचनाहरु हटाउने गरि प्रक्रिया अघि सारेको छ । उपमहानगरपालिकाका पाँच वटा कित्ता रहेका छन् । ति मध्ये तुलसीपुर बसपार्कको उत्तर तर्फ आलुमण्डी आसपासको कित्ता नं.५(ख) ५४४ मा १ विघा १० कठ्ठा १४ धुर जग्गा छ । त्यस्तै कित्ता नं.५(ख) कै ५४५ मा ३४ कठ्ठा, ५(ख) ५४६ मा ११ कठ्ठा र ५(ख)४९९३ मा ५३ हजार ५ सय ६५ वर्ग मिटर जग्गा रहेको छ । ति मध्ये अधिकांस जग्गा अतिक्रमणमा परेको छ । त्यसको लगत निकाल्ने काम भइरहेको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर