दाङमा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

दाङ, ९ माघ ।

दाङमा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको घोराही उपमहानगरपालिका १० नारायणपुर निवासी ४५ वर्षीय पूर्ण पुन मगर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी गम्बिर घाइते भएका पुनलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा सामान्य उपचार पछी थप उपचारका लागि भैरहवा लगिए लगत्तै डाक्टरले मृत घोषना गरेका हुन ।

रोल्पाबाट घोराही तर्फ आउँदै गरेको रा १ झ १९७ नम्बरको एम्बुलेन्सले विपरीत दिशाबाट जाँदै गरेको रा ६ प ८९५० नम्बरको मोटरसाइकललाई घोराही उपमहानगरपालिका १३ दारेबोट चोकमा गएराति ठक्कर दिदा दुर्घटना भएको हो । एम्बुलेन्ससहित चालक रोल्पाको त्रिवेनी गाँउपालिका २ निवासी २८ वर्षीय निर्मल महरालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरीएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतमले जानकारी दिनुभएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर