आउदो सोमवारदेखि धेरै ठाउँमा वर्षा, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

काठमाण्डौ, ६ माघ ।

आउदो सोमवारदेखि देशका धेरै ठाउँमा हिउँदे वर्षा हुने भएको छ । दाङ सहित देशका विभिन्न पहाडी क्षेत्र र तराईका धेरै ठाँउमा हिउँदे वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै देशको उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको छ ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताउनुभएको छ । आज पनि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको एक वा दुई ठाउँमा हल्का वर्षा र हिमपात पनि भएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर