आगो लागिरहेको क्यासिनोबाट परिवारलाई लाइभ भिडियो सन्देश पठाएर १२ तलाबाट हामफाले

थाइल्याण्डको सिमानास्थित कम्बोडियाको पोइपेट सहरको ग्राण्ड डायमण्ड सिटी होटल र क्यासिनोमा भएको आगलागीमा परेर झापा बिर्तामोडका ४० वर्षीय निराकार पाण्डेको मृत्यु भएको छ । उनले आफ्नो ज्यान जोगाउन क्यासिनोको १२ औं तलाबाट हाम फालेका थिए । हामफाल्नुअघि उनले झापामा रहेका आफ्ना परिवारका विभिन्न सदस्यहरूसँग भाइबरमा डेढ घन्टा भिडिओमा कुराकानी गरेका थिए ।

पाण्डेले आफ्ना बुबा अग्नि पाण्डे, आमा, श्रीमती, ९ वर्षीय छोरा, दाइ र भाइहरूसँग कुराकानी गरेका थिए । उनले छोरासँग कुरा गर्दै गर्दा तल होटल परिसरमा दमकलको साइरन सुनिन्छ । कोठाभित्र धुँवा छिर्न थालेको देखिन्छ । अन्तिम समयमा छोरासँग कुरा गर्दै पाण्डेले भन्छन्, ‘सानु, मेरो आँखाको बाबु, म तिमीलाई धेरै माया गर्छु । बाबा अलवेज लभ्स यू।’ त्यसपछि उनले छोरालाई सम्झाउँछन्, ‘सबैभन्दा ठूलो कुरा राम्रो मान्छे बन्नुपर्छ है छोरा । कसैलाई चिट गर्नुहुन्न, फ्रड गर्नुहुन्न।’

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर