नेपालमा आँखाको नानी प्रत्यारोपण र दान गर्ने क्रम बढ्दै 

काठमाडौ,३ पुष । 

नेपालमा आँखाको नानी प्रत्यारोपण र दान गर्ने क्रम बढ्दै गएको छ । पहिलो पटक २०५१ सालमा काठमाडौँ ढोकाटोलका चिनीमाया तुलाधरले आँखाको नानी दान गरेसँगै नेपालमा कर्निया अर्थात नानी प्रत्यारोपण थालिएको हो । त्यसयता सबैभन्दा धेरै सन् २०१९ मा मात्रै एक हजार तीन सय ४८ कर्निया आँखा बैंकमा उपलब्ध भएका थिए । तर, कोभिड महामारीपछि नानी सङ्कलन र प्रत्यारोपणमा कमी आएको थियो । यद्यपी अहिले विस्तारै सामान्य हुन थालेको नेपाल आँखा बैंकले जनाएको छ । बैंकका अनुसार सन् २०२० मा ६ सय २५ वटा मात्रै आँखाको नानी संकलन भएकामा २०२१ मा आठ सय एक र यो वर्ष ९३ वटा आँखाको नानी दानमार्फत प्राप्त भएको थियो ।

प्राप्त नानी प्रत्यारोपण गर्नुअघि कुनै सर्ने रोग भएनभएको परीक्षण गरिने र रगतको माध्यमबाट सर्ने रोग भए प्राप्त नानी प्रयोग नहुने पनि गरेको छ । हाल बर्सेनि ५ सयदेखि १५ सय जनासम्मको नानी प्रत्यारोपण हुने गरेको छ । दान गरिएको नानी झिकेर दृष्टी नभएकाहरुलाई प्रत्यारोपण गरिने नेपाल आँखा बैंकका प्रवन्धक शङ्खनारायण त्वायनाले  बताउनुभयो । हाल तिलगङ्गा आँखा अस्पताल, त्रिवि शिक्षण अस्पताललगायत देशभरका १० वटा आँखा अस्पतालले नानी प्रत्यारोपण गर्दै आएका छन् । पछिल्लो समय मृत्युपछि आँखा दान गर्ने संस्कृति बढ्दै गएकाले माग सहज बन्दै गएको चिकित्सकहरू बताउँछन् ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर