चीन भन्दा नेपाल -भारतमका मुस्लिम बढी स्वतंत्र :- जसपा प्रवक्ता पठान

कपिलवस्तु २ पौष ।

चीनले मुस्लिम समुदायको स्वतन्त्रतामाथि बाराम्बार गरिरहेका प्रहर विरुद्ध नेपाल सरकारले पनि युएनमा आवाज उठाउनुपर्ने मुस्लिम नेता अकरम पठानले बताउनुभएको छ ।
जनता समाजबादी पार्टी लुम्बिनीका प्रवक्तासमेत रहनुभएका नेता अकरम पठानले चिनियाँ दमन विरुद्ध प्रक्रिया दिदै नेपाल र भारतमा बसोबास गर्ने मुस्लिम समुदाय अधिक स्वतन्त्र एवं सुरक्षित महसुस गरिरहेको बताउनुभयो । भारतमा लगभग बीस करोड मुस्लिम धर्मावलम्बी छन त्यस्तै नेपालमा पनि कुल जनसंख्याको चार प्रतिशत छन । लुम्बिनी प्रदेशमा धेरै संख्यामा मुस्लिम समुदायका नेपाली स्वतन्त्रतापुर्वक बसोबास गरिरहेका छन । तिनका हकहितका लागि मुश्लिम आयोग छ जुन सक्रियताका साथ काम गरिरहेको छ तर चीनमा बर्षौंदेखि दासत्वका जीवन व्यातित गरिरहेका उईगुर मुस्लिमको हकहितका लागि कुनै अन्तर्राष्ट्रिय संस्थाले आवाज उठाउन नसकेकोले उनीहरु अहिलेपनि दमन खेपिरहेका छन ।

प्रवक्ता पठानले चिनियाँ शासकहरुले सिजियाङ्ग प्रान्तका उईगुर मुस्लिमलाई बन्धक बनाएर काममा लगाउने र दास जस्तै राख्ने गरेकाले मुस्लिम आयोग तथा सरकार दुवैले अन्तर्राष्ट्रिय स्तरमा आवाज उठाउनुपर्ने बताए ।सभार कपिलवस्तु टाइम्स डटकम ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर