तुलसीपुरमा लगाएकाे ताला खल्याे

तुलसीपुर २६ मंसिर ।

तुलसीपुर उपमहानगरपालिकाको गेटमा लगाएको ताला खुलेको छ । तुलसीपुर उद्योग वाणिज्य संघ र मेला आयोजकबिच जुत्ता, फेन्सी, कस्मेटिक र इलेक्ट्रोनिक स्टल हटाउने सहमतिमा ताला खुलेको हो ।

उद्योग वाणिज्य संघले मेला आयोजकसंग भएको सहमती कार्यान्वयन नभएको भन्दै आइतबारदेखि उपमहानगरपालिकाको मुलगेटमा तालाबन्दी गरेको थियो । यही मंसिर १५ गते आयोजक युथ अफ तुलसीपुर र उद्योग वाणिज्य संघबिच ४ बुंदे सहमति भएको थियो । तर उक्त सहमति कार्यान्वयन नभएपछि उद्योग वाणिज्य संघ र व्यवसायीहरु पुनः आन्दोलित भएर उपमहानगरपालिकाको मुलगेटमा ताला लगाएका थिए ।

सोमबार आन्दोलनरत पक्ष र मेला आयोजक बिच आपसी सहमतीमा स्टलहरु राख्न पाउने पनि सहमति भएको छ । युथ अफ तुलसीपुरले आइतबारदेखि तुलसीपुरमा मेलाको सुरूवात गरेको छ ।

लुम्बिनी प्रदेशस्तरीय प्रथम कृषि तथा पर्यटन मेलाको लुम्बिनीका सिँचाई तथा जलस्रोत राज्य मन्त्रीले उद्घाटन गरेका थिए । सहमति विपरित मेला सञ्चालन गरेको भन्दै तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेसहितका पदाधिकारी र केही ब्यापारी कालो पट्टी बाँधेर आज विरोध प्रर्दशन गरेका थिए ।

उनीहरूले बिहान नौं बजेदेखि तुलसीपुरको घोराही चोकमा आधा घन्टा चक्काजाम गरि यातायातसमेत ठप्प पारेका थिए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर