रुकुम पुर्वमा एउटै वडाबाट तीन जना सांसदमा सिफारिस

रुकुम पूर्व २६ मंसिर ।

रुकुम पूर्वको एकै वडाबाट तीन जना सांसदको लागि सिफारिस भएका छन् । प्रतिनिधि सभा सदस्य र प्रदेश सभाका सदस्यका लागि जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका-१० बाट तीन जनाको नाम सिफारिस भएको हो ।

प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसबाट कुसुमदेवी थापा बुढामगर सिफारिस भएकी छिन्। उनी आदिवासी जनजाति महिलातर्फबाट सिफारिस भएकी हुन् ।

त्यसैगरी लुम्बिनी प्रदेश सभा सदस्यमा नेकपा (माओवादी केन्द्र) की दिलकुमारी बुढामगर र नेकपा (एमाले) की सरिका पुनमगर सिफारिसमा परेका हुन् । उनीहरु पनि आदिवासी जनजाति महिलातर्फको कोटाबाट सिफारिस भएका हुन् ।

फरक-फरक पार्टीबाट समानुपातिक सांसदमा सिफारिस उनीहरू तीनै जना पुथाउत्तरगंगा-१० निवासी हुन् ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर