तेस्रो दिनमा घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्यमा सामान्य गिरावट आएको जानकारी दिएको छ । महासंघले आजको कारोबार मूल्य तोक्दै तेस्रो दिनपछि सुनको भाउमा सामान्य गिरावट आएको जानकारी दिएको हो ।

आज तोलामा ३०० रुपैयाँले घटेपछि छापावाल सुनको मूल्य प्रतितोला १ लाख २०० रूपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९९ हजार ७०० रूपैयाँ छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख रूपैयाँ थियो ।

महासंघका अनुसार लगातार तेस्रो दिनदेखि सुनको मूल्य बढिरहेको थियो । गत साताको बिहीबारदेखि उकालो लाग्न थालेको सुनको भाउ हिजो आइतबार पनि बढेको थियो । बिहीबार तोलामा ४००, शुक्रबार तोलामा ६०० र आइतबार तोलामा २०० रूपैयाँले मूल्य बढेको थियो ।

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघले चाँदीको मूल्यमा प्रतितोला १० रुपैयाँ गिरावट आएको जनाएको छ । यससँगै, चाँदीको मूल्य प्रतितोला १३ सय ९० रुपैयाँ कायम छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर