तुलसीपुर –१३ मा १५० जनामा देखियो  मोति विन्दु 

तुलसीपुर, २३ मंसिर ।

दाङको तुलसीपुर उपमहानगरपालिका– १३ मा अधिकांशमा आँखामा मोति विन्दुको समस्या देखा परेको छ । मनिकापुरमा  आयोजना गरिएको एक दिने निशुल्क आँखा शिविर कार्यक्रममा जाँच गराउन आएका मध्य अधिकांशमा मोतिविन्दुको समस्या देखिएको हो । करिव दुई सय ५० जनाले आँखा जाँच गराउँदा एक सय ५० जनामा मोति विन्दुको समस्या देखा परेको नेत्र रोग विशेषज्ञ डा. आशिष चौधरीले जानकारी दिनुभयो । अन्यमा आँखा चिलाउने, केचा आउने, सुख्खा हुने, धमिलो देख्ने लागयतका समस्या देखा परेको डा. चौधरीले बताउनुभयो । त्यसैगरी एक सय जनालाई निःशुल्क चस्मा र औषधी वितरण गरिएको थियो ।

आँखा उपचारमा आएका मध्य आधिकांश ५० वर्षमाथिका भएकाले मोति विन्दुको समस्या बढी देखिएको आयोजकले बताएको छ । ग्रामीण भेग भएको र त्यहाँका नागरिकहरू उपचारका लागि आँखा अस्पतालसम्म नपुगेका कारण ठूलो सङ्ख्यामा मोति विन्दुको समस्या देखा परेको नेत्र विशेषज्ञले बताएका छन् । आँखा जाँच गराउन फूलबारी, बखरे, सिमलखुटी, रनियापुर, दमारगाउँ, बराखुटी, अम्बापुर लगायतका स्थानबाट स्थानीय नागरिहरु आएका थिए ।

सो अवसरमा वडा अध्यक्ष मोहन पौडेलले आर्थिक अभावकै कारण आँखाको उपचारबाट वडामा कुनै पनि नागरिकलाई बञ्चित हुन नदिने बताउनुभयो । रोग, भोक र शोकबाट थाहा पाएसम्म कुनै पनि नागरिकलाई मर्न नदिने र त्यसका लागि जनताको साथमा वडा सरकार रहेको बताउनुभयो । किवानिस क्लब तुलसीपुरको व्यवस्थापन र नव ज्योति आँखा उपचार केन्द्र तुलसीपुरको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको हो ।
क्लबका अध्यक्ष मनु शर्माको अध्यक्षतामा भएको कार्यक्रममा रेडियो प्रकृति एफएमका स्टेशन म्यानेजर ओपेन्द्र बस्नेत, पत्रकार, आशिष केसीले दुरदराज र विकट क्षेत्रमा   रहेका नागरिकलाई सेवा दिने उद्देश्यले आँखा शिविरको आयोजना गरेर आयोजकले प्रशंसनीय काम गरेको बताउनु भएको थियो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर