तुलसीपुरमा वृद्धमाथि खुकुरी प्रहार

तुलसीपुर, १७ मंसिर ।

दाङको तुलसीपुरमा गएराति एक वृद्धमाथि खुकुरी प्रहार भएको छ । सामान्य विवादलाई लिएर खुकुरी प्रहार हुँदा तुलसीपुर–३ सिस्नेरी निबासी ७० वर्षका विजुली घर्ती घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो ।

घाइते वृद्धको टाउकोमा गहिरो चोट लागेको र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्ने सोही ठाउँ निबासी जीतबहादुर घर्तीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका घर्तीका विरुद्ध ज्यान मार्ने उद्योग सम्बन्धि मुद्दा दर्ता गरिने प्रहरीले जनाएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर