प्रशासकीय अधिकृतको सरुवा गर्ने सहमति

देउखुरी १६ मंसिर।

लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीलाई यथाशीघ्र सरुवा गरिने भएको छ ।

आन्दोलनरत पक्ष र नगरपालिकाका प्रमुख जोगराज चौधरी, उपप्रमुख लक्ष्मी योगीबीच बिहीबार बेलुका भएको छलफलपछि प्रमुख प्रशासकीय अधिकृत डाँगीलाई सरुवाको लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गर्ने लिखित सहमति भएको हो ।

वडाध्यक्षसहित कार्यपालिका सदस्य र आन्दोलनरत कर्मचारीले प्रमुख प्रशासकीय अधिकृत डाँगीको सरुवाको माग राख्दै बिहीबार लमही नगर विकास समितिको कार्यालय घेराउ गरेका थिए । डाँगी नगर विकास समितिको कार्यालयमा रहेको क्वाटरमा बसेको सूचना पाएपछि आन्दोलनरत पक्ष घेराउ गर्न पुगेका थिए ।

गत आइतबारदेखि कर्मचारी सेवा प्रवाह ठप्प पारी आन्दोलनमा उत्रिएका थिए । प्रमुख प्रशासकीय अधिकृतले मनोमानीरुपमा काम गरेको भन्दै जनप्रतिनिधि र कर्मचारी आन्दोलनमा उत्रिदै आएका छन् । पछिल्लो पटक सरुवा भएको केही हप्ताभित्र पुनः लमही नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर भएपछि आन्दोलन चर्किएको थियो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर