सुकुम्बासी बस्ती हटाउन खोज्दा आक्रमण गर्नेलाई  कारबाही गर्न महानगरपालिकाको आग्रह

काठमाडौ, १४ मंसिर ।

बागमती किनारको सुकुम्बासी बस्ती हटाउन खोज्दा आक्रमण गर्नेलाई पक्राउ गरी कारबाही गर्न काठमाडौं महानगरपालिकाले प्रहरीलाई पत्राचार गरेको छ ।

गृह मन्त्रालयलाई समेत बोधार्थ दिएर महानगरपालिकाले काठमाडौं प्रहरी परिसरलाई गरेको पत्राचारमा कारबाही गरिनुपर्ने व्यक्तिहरुको नामसमेत उल्लेख गरेको छ । अस्ति बस्ती हटाउन पुगेको महानगरपालिकाको टोलीमाथि स्थानीयले हतियारसहित आक्रमण गरेका थिए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर