महोत्सव स्थलमै गएर विरोध गर्छौंः तुलसीपुर उवासंघ

तुलसीपुर, १४ मंसिर ।
तुलसीपुर उद्योग बाणिज्य संघले महोत्सव स्थलमै गएर विरोध गर्ने जनाएको छ । विहीबारदेखि तुलसीपुरको घोराही रोडमा उद्घाटन हुन लागेको महोत्सवको विरोध गर्न साविक राप्ती अञ्चलका सबै उद्योग बाणिज्य संघहरु दाङ आउन लागेको संघका महासचिब विनिल केसीले बताए । संघले पत्रकार सम्मेलनको आयोजना गरि महोत्सव अहिलेको आबश्यकता नभएको भन्दै यसको विरोध कडा रुपले गर्ने अध्यक्ष रामप्रसाद चालिसेले बताए ।

उनका अनुसार क्लबको उद्देश्यमा महोत्सव लगाउन मिल्ने वा नमिल्ने बारेमा पनि बुझ्नु पर्ने बताए ।‘ब्यसायीहरुका संस्थाहरुले सबै ब्याबसायीको सहमतिमा मेला लगाउन पाउने हुन्छ, किनकी त्यो ब्यबसायीहरुकै हितमा हुन्छ”,उनले भने“तर, एउटा क्लबले कसरी ब्यबसायिक महोत्सव लगाउन सक्छ ।” महोत्सव बन्द नभए आन्दोलनलाई थप कडा बनाउने समेत उनको भनाई छ । बुधबार तुलसीपुर बजार बन्द गरिएको भन्दै यो आन्दोलन भोलि पनि चल्ने उनले बताए ।

भोलिदेखि २६ गतेसम्म तुलसीपुरमा महोत्सव सञ्चालन हुँदैछ । युथ अफ तुलसीपुर क्लबले महोत्सव लगाउन लागेको हो । महोत्सव तुलसीपुर उपमहानगरपालिकाको सिफारिशमा जिल्ला प्रशासन कार्यालय दाङले अनुमति दिएको थियो । तर, संघको विरोध पछि त्यो महोत्सव रोक्न उपमहानगर र जिल्ला प्रशासन कार्यालयले पत्र पठाएका छन् । प्रशासनले प्रहरी कार्यालय दाङलाई पत्र पठाएर महोत्सव कार्य अगाडी बढाउन नदिन समेत निर्देशन गरेको छ । तर, यो महोत्सव कुनै पनि हालतमा नरोकिने क्लबका अध्यक्ष अरुण लहरेले बताए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर