तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट दुईजना घाइते

तुलसीपुर, १३ मंसिर ।
दाङको तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट दुईजना घाइते भएका छन । घाइते हुनेमा पश्चिम दाङको बबई गाउपालिका ५ निवासी १८ वर्षीय तिलक खड्का र सोही ठाउ निवासी १८ वषकै अजय चन्द रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

प्रहरीका अनुसार रक्षाचौर बाट तुलसीपुर तर्फ आउदै गरेको रा ६ प ३६२९ नम्बरको मोटरसाइकलले तुलसीपुर ७ माताकुटी स्थित पैदलयात्रीलाई ठक्कर दिदा दुर्घटना भएको हो । घाइते दुबै जनाको राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जानएको छ । ठक्कर दिने मोटरसाइकल चालक तुलसीपुर ८ दुधेना निवासी २९ वर्षीय सिम बहादुर बिकलाई नियन्त्रणमा लिएर घाइतेको उपचारमा संलग्न गराएको प्रहरीले बताएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर