पशु बीमा कार्यक्रमबारे किसान अनविज्ञ

काठमाडौ,११ मंसिर ।

 सरकारले ७ सय ५३ वटै पालिकामा पशु बीमा कार्यक्रम लागू गरेको भएपनि पर्याप्त जानकारी नहुँदा किसान अन्यौलमा छन् । कृषकको लगानी सुरक्षित गर्न भन्दै सरकारले लागू गरेको पशु बीमा कार्यक्रमबारे कृषक नै अनविज्ञ देखिएका हुन् । बीमा गरिएका पशु कालगतिले मरे बीमा कम्पनीले ९० प्रतिशतसम्म क्षतिपूर्ती व्यहोर्ने पशु सेवा विभागले जनाएको छ ।

पशु सेवा विभागका सूचना अधिकारी वरिष्ठ पशु विकास अधिकृत डा. चन्द्र ढकालले आफ्नो नजिकैको पशु सेवाको कुनै पनि निकायमा गएर पशु बीमा गराउन सकिने बताउनुभयो । उहाँका अनुसार आफ्नो नगरपालिका वा गाउँपालिका को पशु सेवा शाखामा गएर पशु बीमा गराउन सकिने छ । तराईका जिल्लामा एक वा एक भन्दा बीमा कम्पनीले पशु बीमा गरेपनि पहाडी जिल्लामा भने एउटा मात्रै कम्पनीलाई बीमा गर्न दिइएको उहाँले बताउनुभयो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर