दाङमा तीनवटै निर्वाचन क्षेत्रमा गठबन्धनको अग्रता

तुलसीपुर, ६ मंसिर ।
दाङमा तीनवटै निर्वाचन क्षेत्रमा गठबन्धनले अग्रता बढाउँदै लगेको छ । गठबन्धनबाट प्रतिनिधि सभा सदस्यमा नेपाली काँग्रेसका दीपक गिरीले २ हजार ४ सय ३० मत ल्याउँदा एमालेकी कोमल ओलीले २ हजार १ सय ४० मत ल्याउनु भएको छ । त्यसैगरी स्वतन्त्र पार्टीबाट घण्टी चिन्हका कमल सुवेदीले १ हजार मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी निर्वाचन क्षेत्र नं ३(१)मा प्रदेशसभा तर्फ एमालेका घनश्याम पाण्डेले २ हजार ५ सय ६८ मत प्राप्त गर्दा काँग्रेसका डिल्ली बहादुर चौधरीले ३ हजार मत प्राप्त गर्दै अग्रतालाई बढाउँदै लग्नु भएको छ । त्यसैगरी प्रदेश ३(२) मा एमालेका हुकुम बस्नेतले २ हजार ४ सय ८२ मत ल्याउँदा माओवादीका धनबहादुर मास्कीले २ हजार ८ सय ५२ मत ल्याएर अग्रता कायम गर्नु भएको छ । यो ६ हजार २ सय ७७ मत गणना गर्दा सम्मको परिनाम हो ।

त्यसैगरी निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधिसभा तर्फ एमालेका शंकर पोखरेलले ४ हजार ३ सय ६३ मत ल्याउँदा माओवादीकी रेखा शर्माले ५ हजार ३ सय ९४ मत प्राप्त गर्दै अग्रतालाई बढाउँदै लग्नु भएको छ । त्यसैगरी दाङ निर्वाचन क्षेत्र नं. २(१)मा प्रदेश सभा तर्फ राजु खनालले ४ हजार २ सय ९१ मत ल्याउँदा एमालेका बलिभन्द्र रानाले ३ हजार ५ सय ३३ मत प्राप्त गर्नुभएको छ ।

दाङ निर्वाचन क्षेत्र नं. १ मा नेकपा एकिकृत समाजवादीका मेटमणी चौधरीले १ हजार ६ सय ७ मत प्राप्त गर्दा एमालेकी शान्ता चौधरीले एक हजार ३८ मत प्राप्त गर्नुभएको छ । यो ४ हजार २ सय १५ मत गणना गर्दा सम्मको परिनाम हो ।

त्यसैगरी निर्वाचन क्षेत्र नं. १(१) मा माओवादीका इन्द्रजीत चौधरीले एक हजार ३ सय ९० मत ल्याउँदा एमालेका गंगाराम भट्टराईले एक हजार २ सय ४३ मत ल्याउनु भएको छ । निर्वाचन क्षेत्र नं. १(२) मा काँग्रेसका अनुराग खड्काले १ हजार ५ सय ८२ मत ल्याउँदा एमालेका कुलबहादुर केसीले एक हजार २ सय १६ मत ल्याउनु भएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर