प्रदेशसभाको मात्रै मतपत्र दिएपछि रोकियो मतदान

दीपक बोहरा
दाङ, ४ मंसिर ।
दाङको तुलसीपुर स्थित एक मतदान केन्द्रमा मतदान रोकिएको छ । मतदातालाई प्रदेशसभाको मात्रै मतपत्र दिएपछि तुलसीपुर उपमहानगरपालिका वडा नं. १० स्थित पातुबनगाउँ मावि ‘ग’ मतदान केन्द्रको मतदान कार्य रोकिएको हो । सुरुमा ५० वटा मतपत्रको बन्डल पठाउँदा ठीकै भएपनि दोस्रो पटक एकसय वटा बण्डल पठाउँदा प्रतिनिधिसभाको नदिएर प्रदेशसभाको मात्रै पठाएपछि त्यहाँको मतदान कार्य रोकिएको दाङ क्षेत्र नं. ३ को निर्वाचन अधिकृत डोलनाथ न्यौपानेले बताए ।

अधिकृत न्यौपानेका अनुसार दोस्रो पटक ४२ जनाले मत खसालिसकेपछि मात्रै यो कुरा थाहा भएपछि अहिले मतदान कार्य रोकिएको छ । कर्मचारीको असावधानीका कारण यस्तो समस्या देखिएको छ । सोही मतदान केन्द्रमा ७ सय ६८ मतदाता रहेका छन् ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर