तुलसीपुरका २ स्थानमा शंकास्पद बस्तु फेला

दाङ, ४ मंसिर ।
तुलसीपुरका बिभिन्न स्थानमा भेटिएका बम जस्तै देखिने शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको छ । तुलसीपुर १८ हेमन्तापुर नजिकै बम जस्तै देखिने शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निक्रिय पारेको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता तथा डिएसपी राजन कुमार गौतमले जानकारी दिनुभयो ।

त्यस्तै तुलसीपुर ७ श्रीँगैमा पनि बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ । घटनास्थलमा  तुलसीपुरबाट नेपाली सेना, शसस्त्र प्रहरी लगाएतको टोली त्यहाँ पुगेको उहाँले बताउनुभयो । साथै फेला परेका शंकास्पद वस्तु बास्तबिक बम नभएर त्रास फैलाउने उद्देश्यले राखिएको अन्यवस्तु हुनसक्ने उहाँले बताउनुभयो । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर