३६ घण्टा पुग्नै लाग्दा पनि राप्तीमा बेपत्ता भएका बालक भेटिएनन्

दाङ, २८ कात्तिक ।

राप्ती नदीमा नुहाउने क्रममा बेपत्ता भएका गढवा गाउँपालिका वडा नम्बर –१ का निश्चल यादव अझै फेला पर्न सकेका छैनन् । गएको शनिबार दिउँसो सवा १२ बजे नुहाउने क्रममा बेपत्ता भएका उनी ३६ घण्टा पुग्नै लाग्दा समेत फेला पर्न सकेका छैनन् । गढवा गाउँपालिका वडा नम्बर – १ बड्हरा निवासी रामगोपाल यादवका १६ वर्षीय छोरा निश्चल यादव नुहाउने क्रममा वेपत्ता भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ।

साथीसँग कपाल कटाएर नदीमा नुहाउन गएका बालक डुवेर वेपत्ता भएपछि कपडा धुन गएका महिलाहरुले प्रहरीलाई खवर गरेका थिए । खवर पाए लगत्तै नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोलीले डुंगाबाट खोजी गरे पनि बालक फेला नपरेको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरिक्षक रञ्जु केसीले जानकारी दिइन् । बालक नभेटिएपछि आज समशेरगञ्जबाट गोताखोर टोली बोलाएर खोजी कार्य सुरु गरेको उनको भनाई छ। वेपत्ता बालक गढवाको बुद्धज्योती मावि कक्षा १० मा अध्ययनरत रहेको पारिवारिक स्रोतले जानकारी दिए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर