काँग्रेस र माओवादीका नेता कार्यकर्ता एमालेमा प्रवेश

तुलसीपुर, २४ कार्तिक

दाङको फूलबारीमा नेपाली काँग्रेस र माओवादीका  स्थानीय नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । तुलसीपुर उपमहानगरपालिका– १३ को मझघटुवामा भएको चुनावी सभामा नेकपामा माओवादी केन्द्रका जिल्ला सदस्य निमबहादुर परियारको नेतृत्वमा १३ जना स्थानीय नेता तथा कार्यकर्ता  एमालेमा प्रवेश गरेको वडा कमिटीका सदस्य गोविन्द सुवेदीले जानकारी दिनुभयो ।
सो अवसरमा चुनावी सभालाई सम्बोधन गर्दै दाङ निर्वाचन  क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार कोमल ओलीले पछिल्लो समय देशभर एमालेको जनलहर फैलिरहेको बताउँदै आफूहरू जितको नजिक पुगेको बताउनुभयो  ।

हरेक दिन काँग्रेस र  माओवादीका साथीहरू एमालेमा प्रवेश क्रम एकहप्तादेखि निरन्तर चलिरहेको बताउँदै यसले आफूलाई निकै उत्साहित बनाएको बताउनु भयो । सो अवसरमा लुम्बिनी प्रदेशका प्रस्तावित मुख्यमन्त्रीका उम्मेदवार घनश्याम पाण्डेले गठबन्धनको सरकारले महँगी बढाएर जनताको ढाड सेक्ने काम गरेको बताउनुभयो ।

दाल, चामल, तेल, मैदा, लत्ता, कपडा, जुत्ता, चप्पल लगायतका सामग्रीमा गरेको मूल्य वृद्धिका कारण जनताको जीवन झन कष्टकर बन्दै गएको बताउँदै अव एमालेको विकल्प नभएको बताउनुभयो । वडा कमिटीका अध्यक्ष देवबहादुर विकको अध्यक्षतामा भएको भएको कार्यक्रममा समानुपातिक उम्मेदवार रेखा शर्मा, एमाले नगर कमिटीका  सदस्य काशीराम खड्का लगायतले सम्बोधन गर्नुभएको थियो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर