कृषकलाई तुलसीपुर ११ को सम्मान, घोडे र कुखुरा व्यवसायीलाई नगदसहित सम्मान

तुलसीपुर २४ कार्तिक ।

तुलसीपुर उपमहानगरपालिका वडा ११ ले बुधबार कुखुरा र घोडे व्यवसायलाई सम्मान गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ ले वडा कार्यसमितिको पहिलो बैठकबाटै वडाभित्र रहेका प्रत्येक घोडे व्यवसायी र कुखुरा व्यवसायीहरुलाई पुरस्कार एवम सम्मान गर्ने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम सम्मान तथा पुरस्कृत गरेपछि घोडे व्यवसायको मुहारमा खुसी छाएको थियो ।

वडाभित्र रहेका ५४ जना घोडा व्यवसायीलाई नगद दश हजारसहित वडाले सम्मान तथा पुरस्कार गरेको छ । वडाध्यक्ष मानबहादुर रावतले श्रमिकहरुलाई समाजमा सम्मानपूर्वक बाँच्ने अधिकार सुनिश्चित गर्नका लागि सम्मान गरिएको बताएका छन ।

जिल्लामा पशुस्वास्थ्य तालिम परामर्श सेवाका भेटेनरी डाक्टर रमण मिश्रले घोडे व्यवसायीहरुलाई पहिलो पटक सम्मान गरिएको बताएका छ्न। उनले अन्य कुनै पनि जिल्लामा घोडे व्यवसायीहरुलाई सरकार तर्फबाट सम्मानका कार्यक्रम नगरिएको बताएका छन ।

उनका अनुसार जिल्लामा तीन सय २३ जना घोडे व्यवसायी रहेका छन् । परामर्श सेवाबाट यस क्षेत्रमा घोडे व्यवसायीका घोडाहरुलाई टिटनेशको औषधी,जुकाँको औषधी दिइदै आइएको छ ।घोडे व्यवसायीहरुले घर घरमा पुगेर चामल,तोरी,दलहन जस्ता बाली बिक्री तथा खरिद गर्ने गरेका छन् ।

त्यस्तै ११ जना कुखुरा व्यवसायीहरुलाई नगद पाँच हजार सहित सम्मान गरिएको हो । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष मानबहादुर रावतको अध्यक्षता एवम नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नगरप्रमुख खड्काले श्रमिकहरुको सम्मानबाट समग्र पालिकाको विकासमा टेवा पुग्ने बताएका थिए ।

उनले समाजले श्रमिकलाई अझ घोडा र कुखुरा व्यवसाय गर्ने श्रमिकलाई हेर्ने दृष्टिकोण फरक भएकाले यस्ता सम्मान र पुरस्कृत संस्कृतिले समाजमा नयाँ आयाम थप्ने बताएका छन । कार्यक्रममा केशवराज डाँगी, नेत्रमणि शर्मा, पूर्व वडाध्यक्ष लिलाधर डाँगी लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर