रोटरी क्लब अफ दाङद्वारा विद्यालयलाई कम्प्युटर प्रदान

दाङ, २१ कात्तिक ।
रोटरी क्लव अफ दाङले घोराही उपमहानगरपालिका १ स्थित आधारभुत विद्यालय सिमलतारालाई एक थान कम्प्युटर प्रदान गरेको छ। सामाजिक सेवा प्रति उत्तरदायी रोटरी क्लव अफ दाङले आफ्नो शैक्षिक कार्यक्रम अन्तर्गत विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको हो ।

विद्यालयमा कम्प्युटर प्राप्त भएपछी उक्त कम्प्युटर विद्यालयको प्रशासनिकलगायतका काममा प्रयोग हुने प्रधानाध्यापक विकास पाण्डेले बताए । उक्त विद्यालयलाई रोटरी क्लवले बिगतका बर्षहरु देखिनै सहयोग गर्दै आइरहेको र आगामी दिनहरुमा पनि रोटरीको कुनै शैक्षिक कार्यक्रम परे विद्यालयलाई थप सहयोग गरिने कार्यक्रम संयोजक कमल रेग्मीले बताए ।

रोटरी क्लव अफ दाङका अध्यक्ष ओबिन्द्र महराको अध्यक्षतामा भएको कम्प्युटर हस्तान्तरण कार्यक्रममा विद्यालयकै एक अग्नीपिडित विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग प्रदान गरेको अध्यक्ष महराले बताए ।रोटरी क्लब अफ दाङद्वारा विद्यालयलाई कम्प्युटर प्रदान

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर