स्वर्गीय चेतन कार्कीको गीति एल्बम ‘म चेतन’ लोकार्पण

गीतकार एवम् चलचित्र निर्देशक स्वर्गीय चेतन कार्कीको पहिलो गीति एल्बम ‘म चेतन’ लोकार्पण गरिएको छ। नारायण ओलीको एकल संगीत रहेको एल्बमलाई गीतकार कार्कीको ८४ औँ जन्मजयन्तीको अवसर पारेर बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा सार्वजनिक गरेको गरिएको हो ।

वरिष्ठ नृत्य निर्देशक भैरबबहादुर थापा, चेतन कार्की प्रतिष्ठानकी अध्यक्ष कलाकार मिथिला शर्मा ,चेतन कार्कीकी धर्मपत्नी गङ्गा कार्की गायिका कुन्ती मोक्तान, म्युजिक नेपालका संस्थापक अध्यक्ष सन्तोष शर्मा लगायत कलाकारहरूले संयुक्त रूपमा म चेतन लोकार्पण गरेका थिए । नौ वटा गीतहरू समावेश उक्त एल्बममा नारायण ओली, दीप श्रेष्ठ, कुन्ती मोक्तान,अन्जु पन्त, बानिका प्रधान, महेश सेवा, निशान भट्टराई, अस्मिता अधिकारी, रचना रिमाल र प्रविण बेडवालको स्वर रहेको छ। म्युजिक नेपालले उत्पादन र सार्वजनिक गरेको यस सङ्ग्रहमा रहेका गीतहरूको म्युजिक एरेन्ज शीलबहादुर मोक्तान,फणीन्द्र राई, गोपाल रसाइलीले गरेका हुन् ।

कार्यक्रममा ‘म चेतन’ एल्बममा समावेश गायक दीप श्रेष्ठको आवाजमा रहेको गीत ‘विरहमा’ गीतको म्युजिक भिडियो प्रदर्शन गरिएको थियो । राजीव लोहनी निर्देशित उक्त भिडियोमा कलाकार कोसिस छेत्री र नम्रता सापकोटाको अभिनय रहेको छ । भवानी शिल्पकारको क्यामेरा र टेकेन्द्र शाहको सम्पादन रहेको भिडियोको डी ओ पी रवि सायमी हुन् । फिल्म निर्देशक, लेखक तथा साहित्यकार समेत रहेका चेतन कार्कीको २०७८ जेठ २ गते ८३ वर्षको उमेरमा निधन भएको थियो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर