मंसिरदेखि लाइसेन्सको अनलाइन आवेदन बन्द गरिने

दाङ, १८ कात्तिक ।

सरकारले आगामी १ मंसिरदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन लिने प्रणाली बन्द गर्ने भएको छ । एक सूचना जारी गर्दै यातायात व्यवस्था विभागले लाइसेन्सको अनलाइन आवेदन प्रणाली अनिश्चितकालका लागि बन्द हुने बताएको छ ।

सूचना अनुसार अर्को सूचना प्रकाशित नभएसम्मका लागि यो प्रणाली बन्द हुनेछ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा विभागबाट कर्मचारीहरू खटिनुपर्ने भएकाले सेवा रोक्नु परेको सरकारको दाबी छ ।

विभागले कहिलेदेखि प्रणाली खुल्छ भन्ने उल्लेख गरेको छैन । विभागले लाइसेन्स छपाइ र वितरण चरम ढिलासुस्ती गर्दै आएको छ । ट्रायल पास भइसकेकाहरुले करिब ३ वर्षसम्म पनि लाइसेन्स नपाएको अवस्था छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर