पूजाले भनिन्– ‘२ नम्बरी’ ले मन छोयो’

अभिनेत्री पूजा शर्माले फिल्म ‘२ नम्बरी’ ले आफ्नो मन छोएको बताएकी छन् । आइतबार साँझ फिल्म युनिटले आयोजना गरेको विशेष शोमा फिल्म हेरेकी शर्माले फिल्मको कथावस्तु, प्रस्तुति र सन्देश मन परेको धारणा राखेकी थिइन् ।
यस्तै, कलाकार सन्तोष पन्तले आम नेपालीले यो फिल्म हेर्नुपर्ने बताए । ‘फिल्मको कथावस्तु आफ्नै माटोको छ । अर्गानिक कथालाई निर्देशकले रमाइलो तरिकाले बुनेका छन्’, पन्तले भने ।

त्यस्तै चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, निर्देशक शोभित बस्नेत लगायतले फिल्म मन परेको धारणा राखे । कार्यक्रममा फिल्मका अभिनेता दयाहाङ राईले सामाजिक सन्देश सहितको फिल्म भएकाले दर्शकको मन छोएको बताउँदा अभिनेत्री उपासनासिंह ठकुरीले राम्रो कथा भएकाले नै आफूले फिल्म साइन गरेको बताइन् ।

दीपेन्द्र लामाको निर्देशन रहेको ‘२ नम्बरी’ वन्यजन्तुको चोरी सिकारीको बिषयमा बनेको फिल्म हो । फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, वुद्धि तामाङ, उगेन छोदेनको मुख्य भूमिका छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर