दाङबाट पहाडी जिल्लामा चामल ढुवानी गर्न सकस

तुलसीपुर ७ असोज ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुर दाङले पहाडी जिल्लाहरुमा चामल ढुवानी गर्न सकेको छैन । दशैँलाई लक्षित गरी चामल ढुवानीका लागि कम्पनीले टेण्डर आह्वान गरेको थियो । तर कसैले पनि टेण्डर नहालेपछि चामल ढुवानी अन्योलमा परेको छ ।

दोस्रोपटक बोलपत्र आह्वान गरेर चामल ढुवानी गर्ने तयारी रहेको कम्पनीका तुलसीपुर प्रमुख तुलसी सुनारले बताए । उनका अनुसार रुकुम पूर्व, रुकुम पश्चिम र डोल्पाको लिखुमा चामल ढुवानीका लागि पुनः बोलपत्र आह्वान गर्न लागिएको हो।

पहाडी जिल्लामा चामल पुर्याउन तुलसीपुरमा चामल मौज्दात राख्ने गरिन्छ । अहिले तुलसीपुरमा झण्डै चार हजार आठ सय क्विन्टल चामल मौज्दात छ । टेण्डर नपरेपछि अहिले कार्यालयले आफैँले ढुवानीअनुसारको भुक्तानी गर्ने गरी रुकुम पूर्व र रुकुम पश्चिममा चामल पठाएको छ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर