कबाडी कारखानामा आगलागी, तीन जना घाइते

काठमाडौ, ५ असोज । 

ललितपुरको धोबीघाटमा रहेको कबाडी कारखानामा आगलागी हुँदा तीन जना घाइते भएका छन् । आगलागीबाट दुई जना भारतीय नागरिक र एक जना नेपाली नागरिक घाइते भएका प्रहरीले जनाएको छ । चितवन घर भइ धोबीघाट बस्दै आएका ३० वर्षका गणेण गुरुङ, भारत घर भइ धोबीघाट नै बस्दै आएका ४५ वर्षका शिवनारायण केदा र राम आशिस शाह जलेर घाइते हुनुभएको हो । तीनै जनाको स्टार अस्पताल सानेपामा उपचार भइरहेको छ ।

विद्युत् शर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । अहिले उपत्यकाका विभिन्न ठाउँको दमकल र पानी ट्याङ्करको सहायतामा आगो निभाउने प्रयास भइरहेको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर