देशभर ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि
![](https://i0.wp.com/dangtvonline.com/wp-content/uploads/2022/09/corona-update-covid-update_FnJ0MzCy84-2.jpg?fit=774%2C461&ssl=1)
देशभर ७४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३ हजार ५१२ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ३९ तथा एन्टिजेन विधिबाट ३५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यही अवधिमा १६० जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ६१९ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमितको मृत्यु भएको छैन । महामारीमा हालसम्म देशमा १२ हजार १६ जनाले ज्यान गुमाइसकेका छन् ।