तुलसीपुरमा चिया पोखिएर पोल्दा बालक घाइते

तुलसीपुर,२ असोज ।

दाङको तुलसीपुरमा चिया पोखिएर पोल्दा ५ बर्षका बालक घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–९ निबासी ५ बर्षका आयुस सुनार रहेको बुवा निमराज सुनारले जानकारी दिनुभयो ।

आफ्नै घरमा  बिहान ८ बजे पाकीरहेको चियाको भाँडो तान्ने क्रममा पोखिएर शरिरका विभिन्न भागमा पोलेको थियो । बालकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर