तुलसीपुरदेखि काठमाडौंका लागि छुटेको बस दुर्घटना

तुलसीपुर २७ भदौ ।

तुलसीपुरबाट काठमाडौंका लागि छुटेको बस तुलसीपुरको पिपलबोट नजिकै दुर्घटनामा परेको छ । सोमबार बेलुका साढे पाँच बजेतिर तुलसीपुरको पीपलबोटको उकालोमा तुलसीपुरबाट काठमाडौका लागि छुटेको ना ६ ख १२९० नम्बरको बस दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

पिपलबोटको उकालोमा बसमा डिजेल सकिएपछि गाडी ब्याक हुँदा नजिकै रहेको न्यू बस्त्रालय फेन्सी पसलमा ठोकिएको छ । बस पसलमा ठोकिदा मानविय क्षति भने हुन नपाएको प्रहरीले बताएको छ।

चालकको सावधानीका कारण मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर