दाङमा डेंगु संक्रमणबाट एक जनाको मृत्यु

दाङ २७ भदौ।

दाङमा डेंगु संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका–१४ राप्ती टोल निवासी ४० वर्षीया मायाकुमारी बिसीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा सोमबार विहान मृत्यु भएको प्रतिष्ठानकी निर्देशक डा. प्रज्ञा बस्नेतले जानकारी दिइन्।

मृतक महिला डेंगु संक्रमित भएर सोमबार विहान नै प्रतिष्ठानमा उपचारका लागि भर्ना भएकी थिइन् ।

दाङमा पछिल्लो समय डेंगुका विरामी बढ्दै गएका छन् । डेंगुका विरामी घोराही र तुलसीपुरका अस्पतालमा धेरै देखिएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । कार्यालयका अनुसार सोमबारसम्म जिल्लामा ४०० भन्दा बढी संक्रमण पुष्टि भएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर