नेकपा एमाले बबई चारको प्रशिक्षण हापुरेमा

हापुरे, २७ भदौ । 

नेकपा एमाले बबई गाउँपालिका वडा नम्बर ४ वडा कमिटीको आयोजनामा १ दिने प्रशिक्षण कार्यक्रम हापुरेमा सम्पन्न भएको छ। ४ नम्बर वडा कमिटीको आयोजनामा भएको प्रशिक्षण कार्यक्रममा बोल्ने बक्ताहरुले केन्द्र देखि स्थानिय तहसम्म पाँच दलिय गठबन्धन एमालेलाई हराउन लागि परेको भन्दैं एमाले एक्लै पनि गठबन्धनको सामना गर्न तयार रहेको बताएका छन् ।

कार्यक्रममा नेकपा एमालेका लुम्बिनी प्रदेश सदस्य भुवनेश्वर पौंडेलले आउदो संघ र प्रदेश सभाको निर्वाचनमा नेकपा एमालेका उमेदवारहरुलाई जिताउने गरि लागीपर्न एमाले निकट जनबर्गिय संगठनलाई निर्देशन दिनुभयो। कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका पौडेलले नेकपा एमालेको सरकारले मात्रै जनअपेक्षा अनुसार काम गर्ने बताउदै गठबन्धनको एजेन्डा एमालेलाई हराउने मात्रै रहेको दावी गर्नुभयो।

वडा कमिटी उपाध्यक्ष खिम बहादुर रोकाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा बबई गाउकमिटि सचिवालय सदस्यद्वय खलु वली र बिकास वालान क्षेत्री, बबई गाउँकमिटी अध्यक्ष टंकराज बिश्वकर्मा, जिल्ला कमिटी सदस्यहरु राजकुमारी बुढा,शान्ता बिश्वकर्मा,नन्दलाल वली, टेक बहादुर वली र प्रेम बहादुर खत्री लगायतकाले बोल्नुभएको थियो ।

वडा कमिटी अध्यक्ष नारायण परियारको अध्यक्षता,लुम्बिनी प्रदेश सदस्य भुवनेश्वर पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेकपा एमालेका संगठित सदस्य तथा एमालेमा आस्थावान कार्यकर्ताहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजिकरण वडा कमिटी सचिव जीवन वलीले गर्नुभएको थियो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर