चितुवा र मानिस बिच भिडन्त, चितवाको मृत्यु – मानिस घाइते

 गुल्मी, २६ काठमाडौँ ।

गुल्मीमा चितुवा र मानिस बिच भिडन्त हुदा एक व्यक्ती घाइते भएका छन भने चितवाको मृत्यु भएको छ । घाइते हुनेमा रेसुङ्गा नगरपालिका ६ निनीचौर निबासी ३० वर्षीय यमबहादुर कुँवर रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

आज बिहान आफ्नै घरमा रहेको कुखुराको फार्ममा जाने क्रममा अचानक चितुवाले कुँवरलाई आक्रमण गरेको थियो । चितुवाले आक्रमण गरेपछि कुँवर र चितुवाबीच केहीबेर भिडन्त भएको थियो । चितुवाले आक्रमण गर्दा कुँवरको हात र खुट्टामा चोट लागेको छ । कुँवरले प्रतिरक्षा गर्दा चितुवा मरेको प्रहरीले जनाएको  छ । चितुवाको आक्रमणबाट घाइते भएका कुँवरको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको र स्वास्थ्य अवस्था खतरामुक्त रहेको गुल्मी अस्पतालका मेडिकल सुपरिन्डेन्ट डा. उत्तम पाच्यले जानकारी दिनुभयो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर