सन्दीपले मागे क्यानको सहयोग

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने बलात्कार आरोपको मुद्दामा कानुनी सहयोगका लागि क्यानसँग आग्रह गरेका छन् । क्यानका कार्यबाहक प्रशिक्षक प्रशान्तविक्रम मल्लकाअनुसार सन्दीपले आफू यो आरोपको सामनाका लागि कानुनी लडाईं लड्न तयार भएको र त्यसका लागि क्यानले कानुनी पाटोमा सहयोग गरिदिन भनेको बताए ।

‘सन्दीपले यो केसको सामना गर्न तयार भएको र कानुनी पाटोमा क्यानले सहयोग गरिदिन आग्रह गरेका छन् । सन्दीप लामिछाने अहिले क्यारेबियन लिगका लागि वेस्ट इन्डिजमा छन् । उनीविरुद्ध बलात्कार आरोपमा मुद्दा दर्ता भएको छ । उनीविरुद्ध १७ वर्षकी किशोरीले बलात्कारको मुद्दा दर्ता गरेकी छन् ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर