दाङमा बदेलको आक्रमणबाट एक युवक घाइते

दाङ २१ भदाै ।

दाङमा बदेलको आक्रमणबाट एक युवक घाइते भएका छन् । बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र पर्ने दाङको बबई गाउँपालिका वडा नं. ७ मलई निवासी २३ बर्षीय प्रदिप पुलामी बंदलेको आक्रमणबाट घाइते भएका छन् । सोमबार विहान ९ बजे तिर बारीमा मकै भाच्न गएका पुलामीलाई निकुञ्जबाट आएर बारीमा पसेको बदेलले आक्रमण गरेको हो ।

बदलेले उनको दाहिने हात र खुट्टाको पाखुरा आक्रमण गरेको छ । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार पछि अप्रेशनका लागि तुलसीपुरको सिटि हस्पिटल ल्याइएको छ । पुलामी जस्तै अन्य व्यक्ति पनि निकुञ्जको बदेलको आक्रमणबाट पटक पटक घाइते भइसकेका छन् ।  निकुञ्जबाट आउने बदेलले बर्षेनी मकैबाट नष्ट पार्दै पनि आएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर