श्रृजनशील लघुवित्तको आइपीओमा आजसम्म आवेदन दिन सकिने
![](https://i0.wp.com/dangtvonline.com/wp-content/uploads/2022/09/GettyImages-1045262938-d6e77886128f4b05b3b4b4e3daef781a-2.jpg?fit=692%2C461&ssl=1)
श्रृजनशील लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ)मा आवदेन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले यही भदौ १५ गतेदेखि सर्वसाधरणका लागि साधारण सेयरको आवेदन खुलाएको थियो ।
लघुवित्तले जारी पुँजीको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५९ कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो । जसमध्ये, कर्मचारीहरूका लागि ५ हजार ४७० कित्ता छुट्याइएको थियो ।
यस्तै, सामूहिक लगानी कोषका लागि १९ हजार ६९० कित्ता सेयर छुट्टयाएर बाँकी बसेको ३ लाख ६८ हजार ५९० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो । प्रतिकित्ता १०० रुपैयाँ अंकित आइपीओ बिक्री पछि कम्पनीको चुक्ता पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ पुग्नेछ ।