सरकारले फेरि बढायो डिजेल र मट्टीतेलको मूल्य

तुलसीपुर, १७ भदौ ।

नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । गएराति १२ बजेबाट लागू हुने गरी निगमले डिजेल र मट्टीतेल लिटरमा ६ रूपैयाँ बढाएको हो । निगमद्वारा जारी विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै अब डिजेल र मट्टीतेल १७८ रूपैयाँ लिटर पर्नेछ ।

निगमले पेट्रोल, खाना पकाउने एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत राखेको छ । हाल पेट्रोल लिटरको १८१ रूपैयाँ र एलपी ग्यास एक हजार ८ सय रूपैयाँ छ । हवाइ इन्धन (आन्तरिक) को प्रतिलिटर १९० रूपैयाँ छ। निगमले बिहीबार भारतीय आयल कर्पोरेसन (आइओसी) बाट नयाँ मूल्यसूची प्राप्त भएको जानकारी दिँदै मूल्य समायोजन गरिएको जनाएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर