नेपालका सार्वजनिक शौचालय अपाङ्गतामैत्री बन्न सकेनन्

काठमाडौँ, १६ भदौ । 

शारीरिक रुपले अशक्त व्यक्तिलाई ध्यानमा राखेर सार्वजनिक शौचालय नबन्दा समस्या भएको छ । सरकारले आर्थिक वर्ष २०७८÷०७९ मा सबैको पहुँचमा हुने गरी शौचालय निर्माणको अवधारणा अघि सारिए पनि कार्यान्वयन हुन सकेको छैन । सार्वजनिक शौचालय अपाङ्गमैत्री नभएकै कारण कयौँ पटक पीडा भोग्नु परेको एक जना अपाङ्गता भएका व्यक्ति भुप प्रसाद भुर्तेलले बताउनुभयो । राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा शारीरिक रुपले अशक्त भएकाहरूको सङ्ख्या ५ लाख १३ हजारभन्दा धेरै छ । उनीहरूमध्ये अधिकांशको सहज पहुँचमा शौचालय छैन । देशभरका २ देखि ३ प्रतिशत अपाङ्गता भएका व्यक्तिहरूको सहज पहुँचमा मात्रै सार्वजनिक शौचालय भएको राष्ट्रिय अपाङ्ग महासङ्घका महासचिव राजु बस्नेतले जानकारी दिनुभयो ।विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रत्येक तीन सय मिटरमा एउटा र सार्वजनिक स्थानमा ५० जना बराबर एक शौचालय हुनुपर्छ । तर, नेपालमा कुल जनसङ्ख्यालाई पुग्नेगरी ५ प्रतिशत पनि सार्वजनिक शौचालय छैन भने भएकाहरू पनि अपाङ्गतामैत्री छैन । सीआईएनबाट साभार गरिएको हो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर