निलम्बित प्रधानन्यायाधीश बयानका लागि सिंहदरवारमा

काठमाडौं, १५ भदौ ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा आफूविरुद्ध लागेको महाअभियोग’दयगत बयान दिन सिंहदरबारस्थित संसदीय समितिमा पुग्नु भएको छ ।

जबरासँग महाअभियोग सिफारिस समितिले आज बयान लिंदैछ । पुरानो प्रतिनिधि सभाको मूल गेट हुँदै छिर्नुभएका उहाँलाई संसद् सचिवालयका मर्यादापालकहरुले विशेष सुरक्षा दिँदै बयान स्थानमा लगेका थिए ।

गत फागुन १ गते सत्ता गठबन्धन दलका सांसदहरूले प्रधानन्यायाधीश जबरामाथि महाअभियोग दर्ता गराएपछि उहाँ स्वतः निलम्बनमा पर्नु भएको थियो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर