बाँकेमा लागु औषध मुद्धाका फरार प्रतिवादी पक्राउ

तुलसीपुर, १२ भदौ ।

बाँकेमा लागु औषध मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन । पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका १४ बस्ने २७ बर्षिय भरत दरै रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

बाँके जिल्ला अदालतले उनलाई लागुऔषध मुद्धामा २०७८÷असोज ४ गते ३ महिना १२ दिन कैद र ५०० रुपैया जरिवाना तोकेको थियो । उनलाई खोजीतलासी गदै जादा आईतबार पक्राउ गरी बाँके जिल्ला अदालतमा बुझाईएको प्रहरीले बताएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर