जेसिज सप्ताह कार्यक्रमको समापन, युवाकाे नेतृत्व र व्यक्तितब विकासकाे विश्व विद्यालय रहेकाे चर्चा

निरला अर्याल

तुलसीपुर, ११ भदौ ।

तुलसीपुर नगर जेसिजले आयाेजना गरेकाे जेसिज सप्ताह २०२२ सम्पन्न भएको छ । तुलसीपुर जेसीजका अध्यक्ष केशबराज केसिको अध्यक्षता तथा महिला अधिकारकर्मी सुस्मा गिरिको प्रमुख आतिथ्यतामा सप्ताह ब्यापी कार्यक्रम सम्पन्न भएको हो । जेसीज अभियान युवाहरुकाे नेतृत्व र व्यक्तित्व विकासकाे विश्व विद्यालय भएको चर्चा गरिएको छ ।

हरितालिका तिज संग जाेडेर जेसीज सप्ताहकाे समापन गरिएको हाे । तिजलाइ भडकिलो नबनाउ प्रमुख अतिथि गिरीले अपिल गर्नु भएको छ । कार्यक्रम नेपाल जेसिजका रास्ट्रिय उपाध्यक्ष नेत्रलाल भट्टाराई, अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सदस्य निर्मला डाँगी, नेपाली कांग्रेस तुलसीपुर नगरका सभापति सुरेश हमाल, तुलसीपुर उद्योग वाणिज्य संघ का पूर्व अध्यक्ष विमल रिजाल, सेन्टर माबी तुलसीपुरका प्रधानाध्यापक भागवत पौडेल, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य नारायणी रजौरे, त्रिभुवन दाङ महिला जेसिजका सारदा घर्ती लगायतकाले जेसीजले रचनात्मक तथा उर्जाशिल काम गरेर समाज रुपान्तरणमा याेग्दान पुर्‍याएकाेमा अाभार प्रकट गर्नु भयाे ।

कार्यक्रम संयोजक कमलप्रकाश शर्माकाे स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष सन्दिप भुसालले आस्थापाठ गर्नु भएको थियाे । जेसिज सप्ताहका मुल सयोजकमा कार्यकारी उपाध्यक्ष चुरामनी कडेल रहनु भएको थियो । यसै बीच फुटसल प्रतियोगितामा तुलसीपुरका २१ वटा विद्यालयकाे सहभागीता रहेको थियो । प्रतियोगितामा माबी सेन्टर प्रथम भएको छ । ३५ हजार नगद, प्रमाण पत्र मेडल, कप प्रदान गरिएको छ । दाेस्राे गाेरखम माध्यमिक विद्यालय भएको छ । जसले १५ हजार नगद, प्रमाणपत्र, मेडल र कप प्राप्त गरेकाे छ । कार्यक्रमकाे सहजिकरण महासचिव पूर्णविक्रम डाँगीले गर्नु भएको थियाे ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर