बहिरा संघको तीज मिलन कार्यक्रम

तुलसीपुर ११ भदाै ।

हिन्दु नारीहरुको महान् पर्व हरितालिका तीजको अवसरमा तीज मिलन कार्यक्रम सम्पन्न भएको छ । राप्ती बहिरा संघ दाङको आयोजना,नगर स्तरिय अपाङ्गता सञ्जाल तुलसीपुर र पालिका स्तरीय अपाङ्गता सञ्जाल शान्तिनगरको समन्वयमा कार्यक्रम भएको हो ।

संघकी अध्यक्ष रिता चौधरीको अध्यक्षता तथा तलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख माया श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष तथा बहिरा संघका संस्थापक अध्यक्ष अजकुमार शर्मा, पालिका स्तरीय अपाङ्गता सञ्जाल शान्तिनगरका संयोजक निमबहादुर नेपाली,अपाङ्ग समाज सुधार केन्द्रका पुर्व अध्यक्ष हुमाकान्त कँडेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । संघकी निर्देशक प्रतिमा शर्माले कार्यक्रम बारे प्रकाश पार्दै अपाङ्गता भयका ब्यक्तिहरु घर भित्रै बस्ने एक्लो महसुस गर्ने र भोज भतेरमा खासै सामेल नहुने भएकोले उनिहरुको आत्मानोबल बढाउने र सबैलाई एकजुट बनाई रमाइलाे गर्न कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको सहजीकरण शान्तिनगर गाउँपालिका वडा नं. ६ का अपाङ्गता समन्वय समितिका संयोजक गुरुप्रसाद लामिछानेले गरेका थिए भने स्मृति योगीले दोभासे गरेकी थिइन ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर