बैदेशिक रोजगारीका लागि दुबई गएका दाङका एक युवकको मृत्यु

दाङ, ८ भदौ ।
बैदेशिक रोजगारीको शिलाशिलामा दुबई गएका दाङका एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको दंगीशरण गाउँपालिका वडा नं. १ कालितरा घर भई हाल शान्तिनगर – ६ तिलवारी बसोबास गर्दै आएका २४ वर्षीय जगत वली रहेका छन् । वली ५ महिना अघि बैदेशिक रोजगारीको शिलशिला दुबई गएका वली करिब १ महिना देखि परिवारसंग सम्पर्क विहिन भएका थिए ।

वलीसंग कम्पनीमा काम गर्ने साथीहरुले भने भलिवल खेल्न गएको बेला कम्पनीबाट भागेको बताएका थिए । तर बेला बेलामा वलीको नम्बर र फेसबुक खुल्ने गरेपनि परिवारमा सम्पर्क नगरेको वलीको परिवारले बताएको छ । कम्पनीमा काम गर्ने साथी तथा अन्य व्यक्तिले वलीको हत्या गरेको हुन सक्ने परिवारले आशंका गरेको छ । वलीको घरमा श्रीमती र एक छोरी छन् ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर