नगर जेसिज तुलसीपुरद्वारा ‘नि: शुल्क आँखा शिविर’ कार्यक्रम

तुलसीपुर ८ भदाै ।

तुलसिपुर नगर जेसिज वर्ष-२०२२ को जेसिज सप्ताह कार्यक्रम अन्तर्गत -नि: शुल्क आँखा शिविर एक कार्यक्रमका विच सु- सम्पन्न भएको छ ।अध्यक्ष केशवराज केसिको अध्यक्षता तथा तुलसिपुर उप – महानगर पालिकाज्युको ३ का वार्ड अध्यक्ष बिजय बिकको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको छ ।

साथै सो अवसरमा सरस्वती मा.वि दमारगाउ का विध्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन खड्का को विशिष्ट आथित्य मा भएको कार्यक्रममा नेपाल जेसिजका रास्ट्र्य उपाध्यक्ष तथा तुलसीपुर नगर जेसिज का निवर्तमान अध्यक्ष नेत्रलाल भट्टराई ( नारायण) , तुलसिपुर नगर जेसिज का पुर्व अध्यक्ष मोहन सुनारले आ- आफ्नो बिचार सहित को भनाइ राख्नुभएको थियो ।

सो अवसरमा अन्य अतिथी , तुलसिपुर नगर जेसिज का पुर्व अध्यक्षज्युहरु सल्लाहकारज्युहरु , बोर्ड पदाधिकारी तथा जेसिज सदस्यहरुको उल्लेखनीय सहभागिता रहेको थियो । सो कार्यक्रमका संयोजक मोतिराम भुसाल को स्वागत मन्तव्य रहेको थियो भने मुल संयोजक चेतन कंडेलले जेसिज सप्ताह कार्यक्रमको बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रम सन्चालन तुलसिपुर नगर जेसिज का महासचिव पूर्णविक्रम डाङ्गीले गर्नुभएको थियो भने जेसिज आस्था पाठ जनसम्पर्क अधिकारी माधवप्रसाद न्युपाने ( समीर) ले गर्नुभएको थियो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर