कर्मचारी समायोजनविरुद्ध परेका अधिकांश रिटहरू सर्वोच्चद्वारा खारेज

काठमाडौँ, ८ भदौ । 

सर्वोच्च अदालतले कर्मचारी समायोजनविरुद्ध परेका अधिकांश रिटहरू खारेज गरेको छ । संवैधानिक इजलासले हिजो गरेको फैसलासँगै लोकसेवा आयोगलाई नयाँ कर्मचारी भर्नाका लागि परीक्षा लिने बाटो खुलेको छ । फैसलाको लिखित कपी भने आउन बाँकी रहेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो । किरण पौडेल, भाष्कर ढुंगेल, गायत्री लम्साल लगायत विभिन्न कर्मचारीले फरक फरक समस्यासहित समायोजनविरुद्ध मुद्दा दायर गरेका थिए । उनीहरूले खटाएको ठाउँमा जान नचाहेकोमा अदालतले अधिकांशको हकमा खटाएको ठाउँमा जानुपर्ने भन्दै रिट खारेज गरेको छ । करिब ८० जनाको मुद्दाको एकै पटक सुनुवाइ गर्दै सर्वोच्चले कतिपयको हकमा मागबमोजिम परमादेश समेत दिएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर