ड्याममा डुवेका पुरुष अझै बेपत्ता

तुलसीपुर,७ भदौं । 

दाङमा खोलाको ड्याममा डुवेका पुरुष अझै बेपत्ता रहेको प्रहरीले बताएको छ । सोमबार बिहान घोराही उपमहानगरपालिका १७ कर्जाही खोलाको ड्याममा घोङ्घी टिप्न गएका सोहि ठाउँका ४० वर्षीय अम्मर चौधरी अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

वेपत्ता भएका चौधरीको खोजीकार्यका लागि गोताखोरको टोली, शसस्त्र प्रहरी, नेपाल प्रहरीको टोलीले खोजी कार्य जारी राखेको प्रहरीले बताएको छ । ड्याम गहिरो र लामो भएका कारण पनि खोजि गर्न समय लागेको प्रहरीको भनाई छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर