जेसिज तुलसीपुरद्वारा ‘जनतासंग न्यायको पहुँच’ कार्यक्रम

तुलसीपुर,६ भदौ ।
तुलसीपुर नगर जेसिज वर्ष २०२२ को जेसिज सप्ताह कार्यक्रम अन्तर्गत ‘जनतासङ्ग न्यायको पहुँच’ कार्यक्रम तुलसीपुरमा भएको छ । अध्यक्ष केशवराज केसीको अध्यक्षता तथा उच्च अदालत तुलसिपुरका न्यायाधीश बबिता उप्रेतीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बार एसोसियसन तुलसिपुरका अध्यक्ष पुष्करबहादुर भण्डारी , उच्च अदालत बार यसोशियसनका बरिष्ठ अधिवक्ता डिल्लीराज धिताल , बरिस्ठ अधिवक्ता तथा तुलसीपुर जेसिजका पूर्व अध्यक्ष प्रदिप धिताल , बरिस्ठ अधिवक्ता विष्णुमनी धिताल ,तुलसिपुर नगर जेसिजका पूर्वध्यक्ष झरेन्द्र खरेल ,अधिवक्ता मोहन प्रसाद धिताल , उच्च अदालत तुलसिपुरका प्रतिनिधि निरन्जनबाबू पाण्डेले मन्तब्य ब्यक्त गरेका थिए । त्यस अवसरमा बक्ताहरुले जनताले सहज न्याय पाउनु पर्ने बताएका थिए । साथै बास्तविक पीडितले न्याय पाउनु पर्ने र पीडकलले सजाय पाउनुपर्ने बताएका थिए।

कार्यक्रमका संयोजक मधुसुदन गौतमले स्वागत मन्तव्य ब्यक्त गरेको कार्यक्रममा मुल संयोजक चेतन कंडेलले जेसिज सप्ताह कार्यक्रमको बारेमा प्रकाश पारेका थिए । कार्यक्रमको सहजीकरण महासचिव पूर्णविक्रम डाँगीले गरेका थिए । त्यस अवसरमा जेसिज आस्था पाठ कार्यकारिणी उपाध्यक्ष सन्दिप भुसालले गराएका थिए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर